काठमाण्डौ - साहस उर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) असोज १७ गते आइतबार बाँडफाँड हुने भएको छ ।
कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरको शुक्रबार प्रि-अलटमेन्ट सम्पन्न गरे बाँडफाँडका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बोर्डबाट स्वीकृतिपछि असोज १७ गते आइतबार बिहान बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा आईपीओ बाँडफाँड हुनेछ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका२०७४ बमोजिम कम्पनीको आईपीओ शेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाउनेछन् ।