रसुवागढी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने,आवेदन दिने सबैले शेयर पाउने

काठमाडौं - रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । 

रसुवागढी हाइड्रोपावरले जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।

रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १० कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ पुग्नेछ ।

रसुवागढी जलविद्युत आयोजनाको क्षमता १११ मेगावाट छ । आयोजना रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका साविकको थुमन र टिमुरे गाविसमा रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय