सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाण्डौ । कारोबार सुरु देखि निरन्तर सकारात्मक सर्किट लागेको सर्वोतम सिमेन्टको आइपीओमा आइतबार पनि ठिक उल्टो भएको छ । आजको बिक्री चापसँगै नकारात्मक सर्किट लागेर अहिले कारोबार भइरहेको छ । 

नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ सार्वजनिक गरेको सो कम्पनीको शेयर मूल्य १०८२ सम्म पुगेर सर्किट लागेको हो । आज कम्पनीको शेयर १०८ रुपैयाँले घटेको छ । यो कुल मूल्यको १० प्रतिशत हो । 

यो समाचार तयार पार्दा सम्म कम्पनीको २ लाख ८७ हजार भन्दा धेरै कित्ताको शेयर कारोबार भएको छ । यो कम्पनीको शेयर ५५६ रुपैयाँ प्रतिकित्ताबाट कारोबार सुरु भएको थियो । यसरी हेर्दा लगानीकर्ताले ५० कित्ताले पनि हजारौं मुनाफा कमाएका छन । 

कारोबार खुलेको केही दिन सम्म कम्पनीको अत्यधिक शेयर माग थियो भने अहिले २ लाख ५० हजार भन्दा धेरै कित्ताको शेयर बिक्रीमा रहेको छ । 

प्रतिक्रिया