साताको अन्तिम दिन प्रिओपन सेसनमा ४ अङ्कले बढ्यो नेप्से,लगानीकर्ता उत्साहित

काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक ४ अङ्कले बढेको छ । बुधबार पनि शेयर बजार हरियालीमै बन्द भएको छ । 

यो सेसनमा आज २४ कम्पनीहरूको शेयर किनबेच भएकोमा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी १० कम्पनीको शेयर मूल्य भने घटेको छ । धेरै कारोबार हुनेमा आज पनि वित्त क्षेत्र अग्रस्थानमा रहेको छ । 

नेपाल फाइनान्सको सबै भन्दा धेरै शेयर किनबेच हुँदा ३ लाख २३ हजार भन्दा धेरैको शेयर किनबेच भएको छ । आज बैंक क्षेत्रमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । 

प्रतिक्रिया