लगानीकर्ताको खुसी एक दिन पनि टिकेन,कारोबार रकम पनि अर्ब तल 

काठमाण्डौ । लामो समयपछि मंगलबार हरियाली बनेको शेयर बजार आज बुधबार भने फेरि दोहोरो अङ्कले घटेको छ । आज  नेप्से परिसूचक ३२ अङ्क भन्दा धेरैले घटेको छ । 
आज नेप्से मात्र घटेको छैन् कारोबार रकम खुम्चिएर ८२ करोडमा सीमित भएको छ । यो केही समय यताकै न्यून कारोबार हो । 

आज नेप्सेका सबै उपसूचकमा रातो पोतिएको छन भने २२९ कम्पनीको शेयर किनबेच भएकोमा १४ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । आज २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा नबिल बैंकको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ । 

बीमा समूहको उपसूचकमा सबै भन्दा धेरै प्रभाव पर्दा जलविद्युत कम्पनीका शेयर मूल्य पनि धेरै घट्नेमा अग्रस्थानमा रहेका छन । 

प्रतिक्रिया