काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से प्रिओपन सेसनमा एक अंक भन्दा धेरैले बृद्धि भएको छ ।
आजको बृद्धिसँगै समग्र बजार २६६७ विन्दुमा पुगेको छ । आज यो सेसनमा २१ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १५ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ४ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज कारोबार रकम पनि घटेको छ । १४ लाख बराबरको कारोबार हुँदा एक दर्जन कम्पनीहरुको शेयर मूल्य २ प्रतिशतले बढेको छ । त्यस्तै सिटिजन बैकको शेयर खरिद सबै भन्दा धेरै भएको छ ।