धमाधम आइपीओको अनुमति दिने तयारी

काठमाडौं - लामो समयदेखि रोकिएको आइपीओको अनुमति छ भने अगाडि बढ्ने भएको छ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल समाप्तपछि आइपिओ अनुमति दिने काम पूर्ण रुपमा ठप्प जस्तै भएको थियो। विगत तीन महिनादेखि आइपीओको काम ठप्प जस्तै भएको थियो।

बुधबार मात्रै अर्थमन्त्री वर्षमान पुन अनन्तले कुनै विवाद नभएका र कागजपत्र पुगेका आईपीहरू नरोक्न निर्देशन दिएसँगै यही शुक्रबार बस्ने बोर्डको बैठकले केही आइपिओलाई अनुमति दिने तयारी रहेको छ । 

तर प्रिमियममा आइपीओ निष्कासन गर्ने र कागजपत्र नपुगेकाको हकमा भने अहिले कुनै कदम अगाडि बढाइने छैन। 

हाल धितोपत्र बोर्डमा कुल ३५ कम्पनीले आईपीओ अनुमति माग गर्दै स्वीकृति पर्खाइमा छन् । जसमध्ये पाँच कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न अनुमति मागेका छन्।

 

प्रतिक्रिया