सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँड हुने

काठमाडौं - नेपाली सेयर बजारको इतिहासमा पहिलोपटक बुक बिल्डिङबाट आइपीओ सार्वजनिक गरेको सर्वोत्तम सिमेन्टको शेयर बाँडफाँड आज हुने भएको छ । 

आइतबार प्री अलोटमेन्ट सम्पन्न गरी सकेको र शुक्रबार आज सेयर बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

कम्पनीको सेयरमा १९ गुणा भन्दा धेरै आवेदन परेको थियो। अब गोलाप्रथाद्वारा सेयर पाउने भाग्यमानी लगानीकर्ताको छनोट गरिनेछ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाएको थियो । तर आवेदकले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् । कुल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको हो । 

बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो । बुक बिल्डिङबाट खुलेको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।  

 

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । जसअनुसार ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने छन् । बाँकी सबैको हात्त रित्तो हुनेछ ।

 

प्रतिक्रिया