पिपुल्स पावरलाई हकप्रद निष्काशन गर्न अनुमति

काठमाडौं - प्राथमिक सेयर र हकप्रदक सेयर निष्कासनको पहिलो नम्बरमा पर्छन् विद्युत समूह । अहिले पनि धितोपत्र बोर्डमा दर्जनौं जलविद्युत कम्पनीहरूको प्राथमिक सेयर र हकप्रदक निष्कासनको पाइपलाइनमा रहेका छन्। 

यसै बीच पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगबाट अनुमति पाएको हो । आयोगले फागुन १५ गते कम्पनीलाई सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

अब कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।कम्पनीको आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्नु पर्ने हुन्छ । 

प्रतिक्रिया