सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन नै नपरेर तनाव,फेरी थपियो म्याद 

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन पर्नै मुस्किल भएको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओमा माग बमोजिमको आवेदन नपरे पछि भदौ ५ गतेसम्म लम्बाएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड मध्ये १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं। १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।


कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले आईपीओमा विक्री प्रबन्धकसगै माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया