आइतबार पनि दोहोरो अङ्कले घट्यो नेप्से सर्वोत्तम सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए

काठमाडौँ - उतार चढावका बीच आइतबार नेप्से परिसूचक १७ अङ्कभन्दा धेरैले घटेर बजार बन्द भएको छ। नेप्से निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरू पनि निराश बनेका छन्।

आइतबार परिसूचक १७ अंकले घट्दा समग्र नेप्से २०१८ बिन्दुमा आएको छ। आज ३१६ कम्पनीहरूको ३ अर्ब २० करोड भन्दा धेरैको सेयर किनबेच भएको छ।

आज निर्जीवन बीमा उपसमूह बाहेक अन्य सबै उपसमूह घटेका छन्। 

लामो समयदेखि सेयर मूल्यमा सर्किट लाग्दै आएको सर्वोत्तम सिमेन्टको सेयर मूल्य आइतबार भने १०%ले घटेको छ। त्यस्तै आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट समेत लागेको छ। 

आज सबैभन्दा धेरै कारोबार हुने सेयरमध्ये दुईवटा सिमेन्ट कम्पनीका छन् भने एउटा फाइनान्स कम्पनी रहेको छ।

अर्थतन्त्रका केही सूचकहरूमा सकारात्मक परिवर्तन देखिए पनि त्यसको प्रभाव नेप्सेमा भने पर्न सकेको छैन।

प्रतिक्रिया