शेयर बजार शुक्रबार पनि खोल्ने तयारी

काठमाडौं - आयातमा दबाब परेपछि सरकारले आउँदो जेठ १ गतेदेखि हप्ता २ दिन बिदा दिने तयारी गरेको छ । सरकारले परीक्षणको रुपमा यो नियम लागू गर्न लागेको हो । 

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णय बुधबार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन । “हाललाई परिक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागु हुने गरी बिहान ९.३० बजे साझ ५.३० बजेसम्म कार्यालय समय कायम गर्ने। शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने” कार्कीले निर्णयहरु सार्वजनिक गर्ने क्रममा भनेका छन् । 

सरकारको निर्णयले शेयर बजारमा असर पर्ने देखिएको छ । योसँगै नेप्सेले शुक्रबार पनि बजार खोल्ने तयारी गरेको छ । लगानीकर्ताको अधिकारलाई मध्यनजर गर्दै शुक्रबार पनि बजार खोल्ने तयारीमा नेप्से जुटेको छ । 

प्रतिक्रिया