आदर्श लघुवित्तको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस् सबै भन्दा पहिला नतिजा 

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। तोकिएको समय भन्दा केही ढिलो गरि शेयर बाँडफाँड भएको हो । बिहान ९ बजेको लागि कार्यक्रम तय गरिएको थियो ।  लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९।३० बजे सो शेयर बाँडफाँड भएको हो।


लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ। स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सो मध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरूले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

नतिजाको लागि यहाँ जान सक्नुहुनेछ  । 

प्रतिक्रिया