काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ ।
बैंकले एक सय रुपैयाँ अंकित २४ लाख ३३ हजार ३६३ कित्ता सेयर जारी गर्ने भएको हो । १०ः ३ को अनुपातमा जारी हुने सेयरमा भदौ ३१ गतेसम्म कायम कम्पनीका सेयरधनीले आवेदन दिन पाउनेछन् । असोज १ गतेदेखि बुक क्लोज भएको कम्पनीको हकप्रद सेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ ।
हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले हकप्रदमा आवेदन गर्दा एनआईबीएल र एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयमार्फत दिन सकिने छ ।
हाल कम्पनीको ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी हकप्रद सेयर जारी भएपछि बढेर १ अर्ब ५ करोड पुग्नेछ ।