तिहार पछिको पहिलो कारोबार दिन नेप्सेमा हरियाली,कारोबार रकम कति ? 

काठमाडौं ।  लामो समयको विदापछि खुलेको शेयर बजारमा दोहोरो अंकको बृद्धि आएको छ । नेप्से बढेपनि कारोबार रकम भने स्थिर छ । 

आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १६।३९ अकंले बढेर १८७४।८७ बिन्दु बन्द भएको छ । तिहार अघि अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज  १४।३५ अकंले बढेर १८५८।४९ बिन्दु बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुदाँ ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको कारोबार भएको थियो ।

आज सबैं एनआईसी एशिया बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड १७ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सोमबार १२ वटा उपसूचकमा हरियाली छाएको छ । आज विकास बैंकको शेयर मूल्य मात्र ०।३९ प्रतिशतले घटेको हो । साथै आज अन्य समूहको १।५९ प्रतिशत, होटल तथा पर्यटन समूहको १।६५ प्रतिशत, ब्यापार समूहको १।१४ प्रतिशत र बैंकिङ समूहको १।५२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय