काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से २७ अंक भन्दा धेरैले बढेर सगम्र बजार २५८४ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने चिन्ताजनक रहेको छ । आज २२५ कम्पनीहरुको २ अर्व ७७ करोड बराबरको कारोबार भएको छ । कारोबार भएका मध्य १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
नेप्सेका अधिकांस सूचकमा हरियाली छाएको छ । निरन्तर ओरालो लागेको बजार दशै पछि भने केहि दिन बढ्ने र केहि दिन घट्ने अबस्थामा रहको छ । सरकारले ल्याएको शेयर धितो कर्जाको सिमाका कारण शेयर बजार ३२ सयको विन्दुबाट ओरालो लागेको हो । पछिल्लो समय बजार सम्हालिने क्रममा रहेको छ ।