काठमाण्डौ । साताको पहिलो दिने आईतवबार नेप्से प्रिओपन सेसनमा करिव १७ अंकले बढेर समग्र बजार २८३६ विन्दुमा पुगेको छ ।
आज यो सेसनमा ४४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै एक कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक १.९३ अंकले बढेर ५३०.०२ विन्दुमा पुगेको थियो । त्यस्तै, २२८ कम्पनीको ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएको थियो ।
आज यो सेसनमा ९१ लाख ४७ हजार भन्दा धेरैको शेयर खरिद विक्री भएको छ भने नेपाल बैक लिमिटेडको सबै भन्दा धेरै खरिद विक्री भएको छ ।