पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य बढ्यो


काठमाडौं–  नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले डिजेल, मट्टितेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य बढाएको हो । डिजेल, मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ बृद्धि गरेको छ । डिजेल, मट्टितेलको मूल्य लिटरको एक सय १३, रुपैयाँ पेट्रोलको एक सय ३० रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरको ८६ रुपैयाँ कायम भएको छ । हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा १६डलरले वृद्धि गरी नयाँ बिक्री मूल्य प्रति लिटर सात सय ७० डलर प्रति किलोलिटर पु¥याएको छ । खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ बृद्धि गरेर सिलिन्डरको १४ सय ५० रुपैयाँ पु¥याएको छ । यो काठमाडौं उपत्यकाको मूल्य हो । वृद्धि भएको मूल्य सोमबार रातीबाट कार्यान्वनयमा आएको छ ।


 

प्रतिक्रिया