नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ। असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनका लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत ती पालिकामा निर्वाचन सम्पन्न भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
केन्द्रीय कार्यालयका अनुसार विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको छ। निर्वाचन अधिकृतहरूबाट प्राप्त जानकारीअनुसार प्रतिकूल मौसमले निर्वाचन कार्यक्रम सञ्चालनमा कठिनाइ भइरहेको छ।
पार्टीको निर्वाचन समितिले मौसम विभागले जारी गरेको सूचनालाई समेत ध्यानमा राख्दै असोज १० गतेका लागि निर्धारित प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूल मौसम र परिस्थितिअनुसार असोज १३ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।