साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

काठमाडाैं - साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अङ्कले काटेको छ। योसँगै यो साता लगानीकर्ताहरूको लागि त्यति सुखद हुन सकेन ।

आज परिसूचक १९ अङ्क भन्दा धेरैले घटेर समग्र बजार १९७२ को विन्दुमा आएको छ । यस दिन ३१५ कम्पनीहरूको २ अर्ब ९ करोड माथिको शेयर किन बेच भएको छ । आज उत्पादन र बीमा समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए भने सबै उपसुचक घटेका छन् । 

यस दिन गुडविल फाइनान्सको शेयर सबै भन्दा धेरै कारोबार भएको छ । आज पनि फाइनान्स समूहमा लगानीकर्ताको चाम देखिएको थियो । 

बैंकको ब्याजदर घटेर एकल बिन्दुमा आउँदा पनि सेयर बजारले अपेक्षित गति लिन नसक्दा लगानीकर्ताहरू भने निराश छन्। सेयरमा हुने चलखेललाई प्रहरीले अनुसन्धान गर्ने खबरले पनि लगानीकर्ता निराश भएको कतिपयको बुझाइ छ ।

प्रतिक्रिया