काठमाडौं - कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ९.% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको कामना सेवा विकास बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस यपिटलले गर्नेछ ।
अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ