नेप्सेमा सतक हाराहारीको पहिरो,चुनावले डराए लगानीकर्ता

काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे १८ अंक घटेर बन्द भएको नेप्से, यस दिन ८४।९० अंक घटेर २२६५।५२ विन्दुमा झरेको छ।


त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १४।२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५।८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४।७० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २२१ पटकको कारोबारमा ३३ हजार ६११ पटकको कारोबारमा १ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जबकी अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर किनबेच भएको थियो।

नेप्से ओरालो लागेसँगै तीन स्टकको मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।

प्रतिक्रिया