प्रिमियममा आईपीओ निष्काशन गर्दै आइएमई लाइफ

काठमाडौं - प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै आइएमई लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै फागुन २८ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम मूल्य सहित प्रति कित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रति कित्ता २७६ रुपैयाँका दरले ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

प्रतिक्रिया