लगातार दोस्रो दिन पनि नेप्सेमा हरियाली,अर्धशतक भन्दा धेरैले बजार बढ्दा कारोबार रकम २ अर्ब

काठमाण्डौ । शेयर बजारमा लगातार दोस्रो दिन हरियाली छाएको छ । मंगलबार सामान्य अङ्कले बढेको बजार आज भने अर्धशतक भन्दा धेरैले बढेको छ ।

५९ अंक भन्दा धेरैले बजार बढ्दा समग्र बजार १९८६ विन्दुमाथि पुगेको छ । आज कारोबार भएका सबै उपसूचकमा हरियाली छाएको छ । आज २ कम्पनीको शेयर मूल्यमा सकिर्ट लागेको छ भने शिवम् सिमेन्टको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । 

२२५ कम्पनीहरूको शेयर किनबेच हुँदा २ अर्ब ४४ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ भने विकास बैंक उपसूचक सबै भन्दा धेरैले बढेको छ । आज ५ कम्पनीको मात्र शेयर मूल्य घटेका छन भने बाँकी कम्पनीको शेयर मूल्य भने बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय