मध्य भोटेकोशीको आजदेखि आइपीओ खुल्यो,के सबैले १० कित्ता शेयर पाउँछन् ?

काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकाशीले आजदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको छ । बिहान १० पछि शेयरमा आवेदन दिन सकिने छ ।

कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले यस अघिनै स्थानीयको लागि शेयर निष्कासन गरेर बाँडफाँड पनि गरिसको छ । 

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं। १ र ५, बाह्रबिसे नगरपालिका वडा नं। ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं। ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको थियो। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो। 

स्थानीयको आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएका थिए। तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले आवेदन दिएका थिए। आयोजना प्रभावित क्षेत्रअन्तर्गत १८० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिमकै सेयर पाएका छन्। १९० देखि ४०० कित्तासम्म आवेदन दिनेमध्येबाट थप २ हजार ३१३ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन्। यो हिसाबमा आयोजना प्रभावित क्षेत्र अन्तर्गत अधिकतम १९० कित्तासम्म सेयर पाएका छन्। 

यसैगरी आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत ९६ हजार ३८० जना आवेदकले आवेदन दिएका थिए। तीमध्ये १ हजार ५१५ जनाको आवेदन रद्द भएर ९४ हजार ८६५ जना योग्य आवेदकलाई सेयर बाँडफाँड गरिएको छ। यसअन्तर्गत १० देखि ४० कित्तासम्म आवेदन दिनेले मागबमोजिम सेयर पाएका छन्। ५० देखि ४०० कित्तासम्म आवेदन दिनेमध्येबाट गोलाप्रथा गरी ४० हजार ५४८ जनाले थप १० कित्ता सेयर पाएका छन्। 

अहिलेको शेयरमा पनि सर्वसाधारणले केवल १० कित्ता मात्र आवेदन दिए पुग्ने देखिन्छ ।  केवल करिब ९ लाखले मात्र शेयर पाउने हुँदा गोलाप्रथा हुने निश्चित छ ।

प्रतिक्रिया