रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ - सोमबार अर्थसतकले घटेको शेयर बजार आज भने प्रिओपन सेसनमा १२ अंकले बढेको छ ।
अदालतको फैसलापछि प्रभावित बनेको शेयर बजार अब केहि दिन ओरालो लाग्ने धेरैको अनुमान छ । तर प्रिओपन सेसनमा भने नेप्से बढेको छ ।
यो सेसनमा आज ४५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३१ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
आज राधि जलविद्युतको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ साथै एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य ५ प्रतिशत हाराहारीमा बृद्धि भएको छ ।