• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

जीवन विकास लघुवित्तको आइपीओ नजिता हेर्न मिल्ने भयो,यसरी हेर्नुहोस् नतिजा

काठमाण्डौ - जीवन विकास लघुवित्तको आइपीओ नतिजा मेरो शेयर मार्फत प्रकाशित भएको छ । बेलुकी ५ बजेबाट नजिता हेर्न मिल्ने भएको हो । 

कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ।

सो शेयरमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको थियो। जसअनुसार १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् भने सोमध्ये ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्।

शेयरको नजिताको लागि केहि समयमा iporesult.cdsc.com.np मा जान सकिन्छ ।

प्रतिक्रिया