उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।
डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको...}
नोभेल कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिए ।
हालसम्म सबैभन्दा बढी एक दिनमा बिहीबार एक हजार १११ कोरोना संक्रमित देखिएका थिए ।
पछिल्लो २...}
जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा घोषणा गरेका छन् ।
जपानको इतिहासमै सर्वाधिक लामो अवधि प्रधानमन्त्री बनेका ६५ वर्षीय नेता सिन्जो पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । स्वास्थ्य समस्याका कारण उनी पछिल्लो दुई साताअघि मात्रै दोस्रो पटक अस्पताल भर्ना...}
तनहुँ जिल्लाका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् । व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेल धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गरे । “दुई पटक मल राख्ने बेला भइसक्यो, मल भने पाउन सकिएन,” उनल...}
शनिबार देशभर कोरोनाका ८ सय ८४ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ।
विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौत...}