‘अरु त के भनूँ मायालु’ गीतबाट प्रेम सापकोटा सोनलाई उत्कृष्ट नव गायकको उपाधि

काठमाडौँ । पछिल्लो समय चर्चामा रहेका गायक तथा सर्जक प्रेम सापकोटा 'सोनु' ले विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा बिहीबार साँझ राजधानीमा सम्पन्न १५औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड मा "अरु त के भनूँ मायालु..." बोलको गीतबाट उत्कृष्ट नव गायकको उपाधि जित्न सफल भएका छन्।

जापानलाई कर्मभूमि बनाएका सापकोटा विगत एक दशकभन्दा बढी समयदेखि निरन्तर गीत–सङ्गीतमा सक्रिय रहँदै आएका छन्। उपाधि जितेपछि उनले सो गीतसँग सम्बन्धित सबैलाई धन्यवाद दिँदै आफूमाथि विश्वास गरी भोट गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

जमलस्थित राष्ट्रिय नाचघरमा भव्यताका साथ सम्पन्न कार्यक्रममा "जुन माया..." बोलको गीत सर्वोत्कृष्ट गीत घोषित भयो। समारोहमा राज सिग्देल ले "हृदयमा" गीतबाट सर्वोत्कृष्ट गायक, उषा गजुरेल ले "मौसम आउला" बाट सर्वोत्कृष्ट गायिका को अवार्ड प्राप्त गरे।

त्यस्तै श्रीधर अधिकारी ले "छौ नि तिमी आहा" बाट सङ्गीतकार, बैकुण्ठ महतबेनिशा पौडेल ले "पिरिम गाडी" बाट युगल गायन, विनोद श्रेष्ठउषा सुवेदी ले "विदाई २" बाट मोडल जोडी को अवार्ड जिते।

कार्यक्रममा अर्जुन सापकोटा ले "बस्यौ अलक्कै" बाट लोकदोहोरी गायक, कविता खत्री ले "नमस्ते ढोगदिया" बाट लोकदोहोरी गायिका, खेम पुन ले "मर्ने सुई लाईदेउ" बाट लोकदोहोरी भाका, नारायण ज्ञवाली ले "कन्या राशी" बाट लोकदोहोरी गीत रचना, निशान बानियाँ ले "भाग्यमै रुन लेखेको" बाट लोकदोहोरी भिडियो निर्देशक, पल शाहनारायणी खत्री ले "काईला" बाट लोकदोहोरी मोडल को अवार्ड जिते।

१७ प्रतिस्पर्धात्मक विधामा अवार्ड प्रदान गरिएको उक्त समारोहमा विशाल घिमिरे ले "मेरी बाठी माया" बाट आधुनिक गीत म्युजिक भिडियो निर्देशक, अमृत चापागाईं ले "मायाली" बाट भिडियो सम्पादक, पवन सुस्लिङ ले "मायालाई पानको पात" बाट छायाँकार, र प्रेम सापकोटा सोनु ले "अरु त के भनूँ मायालु" बाट नवप्रतिभा (गायन) को अवार्ड जिते।

त्यस्तै जुना विश्वकर्मा ले "माया आउने बस" बाट पब्लिक च्वाइस अवार्ड, अनिल पौडेल ले सोही गीतबाट पपुलर अवार्ड प्राप्त गरे।

जूरी अवार्डतर्फ स्मृति तिमल्सिना ले "नेपालमा रेल कहिले आउला" बाट निर्देशक, सञ्जय देवकोटा ले "कुरा बुझिदेउ न" बाट गायक, विक्रम बुढाथोकीएलिना रायमाझी ले "हारेँ मैले माया" बाट अभिनय, खेम सेन्चुरी ले "तल्लो बाटो" बाट सङ्गीतकार, र सन्तोष सापकोटा ले "दुःख साटम्ला" बाट गीत को अवार्ड चुमे।

कार्यक्रममा जीवनभर सङ्गीतमा योगदान पुर्‍याएका गीतकार राजेन्द्र थापा लाई नगद एक लाख रुपैयाँसहित विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८१ प्रदान गरिएको थियो। त्यस्तै, गायिका संगीता शाक्य लाई ५० हजार रुपैयाँसहित सङ्गीत साधना सम्मान, गायिका निशा देसार लाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान दिइयो।

पत्रकारिता र लोकसङ्गीतको योगदान का लागि पत्रकार शारदा थापा लाई २५ हजार रुपैयाँसहित कला पत्रकारिता सम्मान, र लोकगायक शिरिष देवकोटा लाई २५ हजार रुपैयाँसहित झलकमान लोकसङ्गीत सम्मान प्रदान गरियो।

कार्यक्रममा गायक दुर्गेश थापा लाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित राजेन्द्र थापा को सम्मानमा विभिन्न गायक–गायिकाहरूले उनका रचना गाए।

गायक सुमन कुमार ले "पर लैजाउ फूलहरू", गायिका बिन्दु परियार ले "पोहोर साल खुशी फाट्दा", गायक डेबिट शंकरगायिका बिन्दु परियार ले "पहिलो नम्बरमा", गायिका माण्डवी त्रिपाठी ले संगीता शाक्य को सम्मानमा "मै गोरीलाई" गीत प्रस्तुत गरे।

लाखे नाच बाट सुरु भएको कार्यक्रममा अभिनेता पल शाह र गायक दुर्गेश थापा एउटै मञ्चमा प्रस्तुत भए। पल शाहले गायिका नारायणी खत्री र कोरस कलाकारहरूसँग आफ्नो चलेको गीतमा नृत्य प्रस्तुत गरे भने दुर्गेश थापाले ग्लोबल ट्रेन्डिङमा परेको आफ्नो गीत "दुश्मन हेरेको हेर्यैमा" को पर्फर्मेन्स गरे।

गायक गायिका शिरिष देवकोटानिशा देसार ले पनि गीत प्रस्तुत गरे भने रुबिना अधिकारी, रबिना भण्डारी, दीप गुरुङ र उनकी टिमले आकर्षक नृत्य प्रस्तुत गरे।

समारोहमा फाउन्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मी ले स्वागत मन्तव्य राख्दै आगामी वर्षदेखि प्रतिस्पर्धात्मक विधा घटाई सबै विजयीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय