नेपाली दर्शकलाई मायाको ढोका खोलेर फर्किए गायक विरही कार्की - भिडियो सहित

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा लामो समय सफल यात्रा गरिसकेका लोकप्रिय गायक तथा कुशल सर्जक विरही कार्कीको नयाँ गीत मायाको ढोका खोलिदेऊ सार्वजनिक भएको छ । 

कार्की अहिले अमेरिकामा बस्दै आएका छन । नेपाल आएको समयमा नयाँ गीत दर्शक स्रोताको लागि सार्वजनिक गरेर उनी फेरी अमेरिका फर्किएका  छन । कार्कीले अमेरिकामै रहँदा पनि निरन्तर गीत सङ्गीतमा सक्रिय थिए । 

उनको पछिल्लो गीत लोक लय र आधुनिक सङ्गीतलाई फ्युजन गरेर तयार पारिएको छ । विरही कार्की आँफैको लय तथा शब्द सिर्जना रहेको सो गीतमा उनलाई आवाजमा अञ्जु पन्तले साथ दिएकी छन । 

गीतको म्युजिक भिडियो समेत निकै दमदार बनाइएको छ । गीतमा शंकर बिसीले निर्देशन गरेका छन भने सागर लम्साल र शिल्पा पोख्रेलको अभिनय रहेका छ । श्याम श्वेत रसाइलीले संगीत संयोजन गरेको सो गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ । गीतलाई विरही कार्कीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया