• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर बिक्री गर्दै,आवेदन मिति कहिले सम्म

काठमाडौंं - सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी सेम राज शाक्यको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

उक्त सेयर खरिदका लागि बैंकका सेयरधनी, इच्छुक अन्य व्यक्ति/संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले १५ दिनभित्र आवश्यक कागजात संलग्न गरि बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा दिनुपर्नेछ।

बैंकले यसअघि बैंकका संस्थापक सेयरधनीलाई प्राथमिकतामा राखी उक्त सेयर बिक्री गर्न ३५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा संस्थापक सेयरधनीहरुको निवेदन नपरेपछि अन्य व्यक्ति, संघ/संस्थालाई बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया