• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

आशा लघुवित्तकाे सेयर आजबाट खुल्ला

काठमाडौंं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ५ गतेदेखि ५१ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ  ।

उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले प्रतिकित्ता ३ सय ९५ रुपैयाँलाई आधार मानेर सो वा साे भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नु पर्नेछ ।

यस सेयरमा ईच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, लगानीकर्ताहरूले निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया