सुनको मूल्यमा भारी गिरावट ,कति पुग्यो तोलामा

काठमाडौंं -नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ ।

महासंघले आजको मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ ।

महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य ९३ हजार १०० रूपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १२ सय १५ रूपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ थियो ।

प्रतिक्रिया