लाईभ दोहोरीका चर्चित गायक भीम पौडेलको निधन

काठमाडौं - चर्चित लाइभ दोहोरी गायक भीम पौडेलको निधन भएको छ । 

उनको राति निधन भएको बताइएको छ । उनको पार्थिव शरीरलाई आज पोखरा लैजाने तयारी गरिएको छ । 

पौडेलको के कारणले ज्यान गयो भने अहिले सम्म खुल्न सकेको छैन तर उनी डिप्रेसन रहेको कतिको भनाइ छ । 

लाईभ दोहोरी मार्फत छोटो समयमै उनी निकै चर्चामा थिए । पछिल्लो समय कलाकारहरु धेरै डिप्रेसनमा जाने खबर आइरहेका छन् । 

प्रतिक्रिया