काठमाण्डौ । विवादमा आएसँगै सामाजिक सञ्जालमा देखा नपरेकी गायिका समीक्षा अधिकारीले बिहीबार भने भावुक मुक्तकसँगै तस्विर सार्वजनिक गरेकी छन ।
उनको सो मुक्तक र तस्बिर भाइरल भएपछि उनले आफ्नो भनाइको माथि शब्द र संगीत बन्दै भन्ने वाक्य थपेकी छन् । यस अघि उनले सो कुरा उल्लेख गरेकी थिइनन् ।
नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै सयौँ गीत गाएर चर्चामा आएकी अधिकारी एक पुरुषसँगको प्रेम सम्बन्धका कारण विवादमा आएकी थिइन । त्यसपछि उनी सामाजिक सञ्जालबाट हराएकी थिइन । दर्शक स्रोताले उनको चर्को आलोचना गर्दै आएका थिए भने यो बीचमा उनले कुनै गीत पनि गाएकी थिइन ।