काठमाडौं । सर्जक यम प्रसाद निउरेको शब्द तथा खेम पुनको संगीत रहेको नयाँ गीत ‘डल्लु’ सार्वजनिक गरिएको छ। प्रेमभाव व्यक्त गर्ने यस गीतमा नवगायक विनोद गजमेरले आवाज दिएका छन्।
गीतको अडियो पक्ष आकर्षक बनेको छ। संगीत संयोजन याम थापा मगरले गरेका छन् भने गीत यम प्रसाद न्युरेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतलाई दर्शक तथा स्रोताले सकारात्मक प्रतिक्रिया दिइरहेको निर्माण युनिटले जानकारी दिएको छ।