• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय

अफगानिस्तानबाट १२७ नेपाली काठमाण्डौ आइपुगे


काठमाण्डौ - विकराल अबस्था रहेको अफगानिस्तानबाट १२७ नेपाली सकुल नेपाल आइपुगेका छन ।

उनीहरु आज जजिरा एयरको विमानमार्फत विहान काठमाण्डौ उत्रिएका हुन । काबुलबाट अमेरिकी सेनाले उनीहरुको उद्धार गरि दोहा लगेको थियो । त्यहाबाट नेपालीहरुलाई काठमाण्डौ ल्याएको हो । 


नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको बताए । तर परराष्ट्र मन्त्रालयले भने ११८ जना नेपाली काठमाडौं आएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।

उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने सुरक्षा स्रोतले बतायो ।

प्रतिक्रिया