युवा गायक अर्जुन सापकोटाको "ए ठूली" उत्कृष्टको सूचीमा

काठमाडौं - युवा गायक तथा संगीतकार अर्जुन सापकोटाको नयाँ गीत "ए ठूली" दर्शकले निकै मन् पराएका छन् । 

गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको उत्कृष्टको सूचीमा समेत आउन सफल भएको छ । 

सापकोटा आफैले लय तथा शब्द सिर्जना गरेको सो गीतमा अभिनय समेत गरेका छन् । उनलाई क्रिस्टल सापकोटाले अभिनयमा साथ दिएकि छन् । सो गीतमा आवाज समेत उनैको रहेको छ । गीतको म्युजिक भिडियो भने बबिता भण्डारीको निर्देशन गरेकि हुन । 

 

प्रतिक्रिया