५५ बर्ष पुगेपछि कलाकारलाई भत्ता दिलाउन पहल गर्छु - अध्यक्ष केशव सापकोटा

काठमाण्डौ । कलाकार तथा प्राविधिहरूको हकहित संरक्षण गर्नको लागि नेपाली कलाकार समाज गठन भएको छ । भर्खर मात्र नवगठित सङ्गठनमा जनता डिजिटल प्रालिका सञ्चालक एवम् चर्चित संगीतकार केशव सापकोटा  अध्यक्ष पदमा सर्वसम्मत छानिएका छन । उनी पूर्व मिडिया कर्मी साथै २ दशक देखि नेपाली गीत सङ्गीतमा क्रियाशील युवा हुन ।  

कुनै दलसँग आवद्ध नभए कलाकारको हकहित संरक्षण गर्न संस्था स्थापना गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । उनले आफ्नो प्रमुख उद्देश्य भनेको ५५ वर्ष पुगेका कलाकार तथा प्राविधिकहरूलाई सकारसँग निर्वाहमुखी भत्ताको लागि पहल गर्नु रहेको बताउनु भयो । 


संस्थाको ७ वटा प्रदेशमा प्रदेश प्रमुख, ७७ वटा जिल्लामा जिल्ला अध्यक्ष र विदेशका १२० वटा देशमा विदेश विभाग प्रमुख रहने समेत जानकारी गराएका छन् । हाल सम्म गठन जापानको अध्यक्ष भुवन सापकोटा,कर्णाली प्रदेश प्रमुखमा राजु सुनाम,गुल्मी जिल्ला अध्यक्षमा बासुदेव पोख्रेल,नवलपरासी जिल्ला अध्यक्षमा तिर्थ सापकोटा,प्रचारप्रसार बिभाग प्रमुखमा समीर नेपाल लाई जिम्मेवारी दिएको अध्यक्ष सापकोटाले बताएका छन् ।

 

प्रतिक्रिया