काठमाण्डौ । पारिवारीक विषयमा आधारीत बनाएर तयार पारिएको दोहोरी लन्ठु भाग ६ भर्खर सार्वजनिक भएको छ ।
सबैले निकै प्रतिक्षा गरेको यसको नयाँ भाग भर्खर मात्र सार्वजनिक भएको छ । सार्वजनिक भएको २४ घण्टा नवित्दै गीतले निकै चर्चा कमाउन सफल भएको छ भने युउटुवको उत्कृष्टको सूचिमा समेत आएको छ ।
गीतले एउटा सामान्य परिवार भित्र हुने बादविदलाई निकै रमाइलो तयारबाट गीतमा उतारेको छ । गीतमा चिज गुरुङ,रेशम निर्दोष,मिना बुढाथोकी,जालुमाया विसी,शर्मिला विसी,धना विश्वकर्मा,प्रतिमा गैरे र आयुष परियारले आवाज दिएका छन ।