भोलीदेखि सवारी चालक अनुमतीको लागि आवेदन खुल्ने

काठमाण्डौ । लामो समयदेखि रोकिएको सवारी चालक अनुमती पत्र आवेदन जेठ ५ गते बुधबारबाट खुल्ने भएको छ । अहिलेको ब्यवस्था परिमार्जन गरेर नयाँ भुक्तानी प्रणाली सहित आवेदन खुलाउन लागिएको हो । 

अहिले आवेदन दिनको संख्या समेत थप्ने गरि नयाँ प्रणाली ल्याउन लागिएको हो । काठमाडौं तथा देशैभरका यातायात कार्यालयहरुले अगामी बैशाख मसान्तसम्म सबै पेन्डिङ आवेदकको परीक्षा लिने गरी ट्रायल परीक्षा लिइसकेका छन ।

विभागले बैशाख भित्र बायोमेट्रिकको लागि यातायात कार्यालय नजाने आवेदकको आवेदन खारेज गरिसकेको छ ।
यातायात विभागले जेठ ४ गतेबाट आवेदन खुलाउने तयारी गरेपनि सिस्टममा प्रविधिक समस्या र अनलाइन पेमेन्टको काम पुरा नभएकाले दोस्रो हप्ता पुर्याएको हो ।

यसैगरी, आवेदकले दिएको आवेदनमा कुनै क्रुटि भएमा सेवाग्राही आफैले लगइन गरेर आफनो डेटा सच्याउन पाउने छन् ।
अनलाइन लाइसेन्स आवेदन सिस्टममा मोबाइल नम्बर तथा लाइसेन्स नम्बरबाट लगइन गर्न सकिन्छ । लगइन भइसकेपछि ड्यासबोडमा जान्छ र सेवाग्राहीले संघीयता अनुसार आफ्नो व्यक्तिगत विवरण भर्नु पर्नेछ ।

प्रतिक्रिया