पुश्कल शर्माको नयाँ गीतले एक हप्ता नपुग्दै दश लाख दर्शक बनायो,निरन्तर युउटुव उत्कृष्टको सूचीमा

काठमाण्डौ । केहि ६ दिन अघि सार्वजनिक भएको गायक पुश्कल शर्माको नयाँ गीतले दश लाख भन्दा धेरै दर्शक बनाएको छ भने यो समाचार तयार पार्दा सम्म युउटुव उत्कृष्टको सूचिमा समेत छ । 

संख्यामा थोरै तर अत्यन्तै उत्कृष्ट गीत सार्वजनिक गरेर सबै माझ आफ्नो भिन्नै परिचय बनाउ सफल लोकप्रिय गायक तथा कुशल सर्जक पुश्कल शर्माको नयाँ गीत तिम्रो थर मेरो घर निके चर्चा कमाउन सफल भएको हो । 

गीतलाई पुश्कल शर्मा आँफैले सिर्जना गरेका छन भने आवाजमा शर्मालाई अहिलेकी चर्चित गायिका शान्ती श्री परियारले साथ दिएकी छन । उनको यो पटकको गीत विगतका गीत भन्दा अलि फरक धारमा बनेको छ । त्यसैले पनि गीतलाई दर्शकले निकै रुचाएको निमार्ण युनिटले हामीलाई जानकारी दिएको छ । 

अडियो मात्र होईन गीतको भिडियो समेत शर्माले निकै उत्कृष्ट बनाएका छन । शर्माकै निर्देशन रहेको गीतमा सवि शर्मा र पुश्कल स्वयमको दमदार अभिनय रहेको छ । गीतलाई टिकटक लगायतका सामाजिक सञ्जालमा समेत निकै मन पराइएको छ । 

 

प्रतिक्रिया