एकै दिन ५५ जनाको कोरोनाले ज्यान लियो,यस्तो छ पछिल्लो २४ घण्टाको अपडेट

काठमाण्डौ - नेपालमा एकैदिन कोरोना भाइरस संक्रमण बाट ५५ जनाको मृत्यु भएको छ । सो संख्याकाे मृत्युसँगै पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया