विष्णु खत्रीको "आधा शरिर"मा के छ त्यस्तो जसले दर्शक आकर्षिक गर्यो ?

काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको नयाँ गीत आधा शरीर दर्शक माझ लोकप्रिय बनेको छ । गीतको अडियो र भिडियोलाई दर्शकले निकै मन पराएको निर्माण युनिटले जनाएको छ । 

मनमोहक दृश्य सहित भिडियो निर्माण गरिएको सो गीतको अडियो र भिडियोमा माया प्रेमलाई कलात्मक रुपमा देखाइएको छ । 

गीतलाई विष्णु खत्रीले लय तथा शब्द सिर्जना गरेका छन भने आफ्ना विगतका सिर्जना जस्तै उत्कृष्ट शब्द गीतमा छन भने उस्तै सुमधुर लय समेत सिर्जना गरिएको छ । 

गीतको म्युजिक भिडियो भने काजिश श्रेष्ठले निर्देशन गरेका छन भने तुलवीर थापा र पुजन घिमिरेले अभिनय गरेका छन । 

प्रतिक्रिया