एसीसी प्रिमियर कप- लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैं - ओमानमा जारी एसीसी प्रिमियर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । आज नेपालले लगातार तेस्रो जीत दर्ता गरेको छ ।

सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो । ११४ रनको झिनो लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जीतमा आशिफ शेखले ४०, कुशल भुर्तेलले ३२, रोहित पौडेलले २५ र सन्दीप जोराले १९ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ११४ रनमा अलआउट भएको थियो । नेपालका लागि अभिनाष बोहराले ३, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिएका थिए । १० टीम सहभागी यो प्रतियोगिताको विजेताले आगामी वर्ष भारत, पाकिस्तान लगायत राष्ट्रसँगै एसिया कप टी–ट्वान्टी खेल्न पाउने छ । समूह चरणमा नेपालले अब साउदी अरेबियासँग खेल्न बाँकी छ । अर्को यूएई र ओमान पनि अपराजित छन् । 

प्रतिक्रिया