एलआईसी इन्स्योरेन्सको एक सय ३३ अर्बको आईपीओ आउँदै


काठमाडौं– नेपालमा पनि बीमा कारोबार गरिरहेको भारतीय जीवनव बीमा कम्पनी एलआईसी (लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया )ले एक सय ३३ अर्ब डलरको आईपीओ निष्कासन गर्ने भएको छ । एलआईसीभारतको  सबैभन्दा ठूलो जीवन बिमा कम्पनी हो । भारतको लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागका अनुसार सन् २०२२मा एलआईसीको आईपीओ निष्कासन गर्ने योजना छ ।


एलआईसीको १० प्रतिशत सेयर बिक्री गरी भारत सरकारले १३३ अर्ब डलर अर्थात १०० खर्ब भारु संकलन गर्ने लक्ष्य लिएको इकोमोकिक टाइमले लेखेको छ । ५ प्रतिशत सेयरले एलआईसीलाई भारतकै ठूलो आईपीओ र १० प्रतिशत डाईलुसनले विश्वकै दोस्रो ठूलो बिमा कम्पनी बनाउने बताईएको छ ।


नेपालमा कारोबार गरिरहेको कम्पनी भए पनि नेपालीले भने आईपीओमा आवेदन गर्न पाउने छैनन् । नेपालीले आईपीओ भर्न नेपालको धितोपत्र बोर्डबाट अनुमति लिएर नेपालमै आईपीओ निष्कासन भएको हुनुपर्छ । भारतीय वित्तमन्त्री निर्मला सितारमनले सन् २०२० को फेब्रुअरीमा नै उक्त सेयर बिक्रीको घोषणा गरेकी थिइन् । 


भारत सरकारले आगामी वर्ष आधा दर्जन संस्थानलाई निजिकरण गरने लक्ष्य लिएको छ । सरकारले अधिक नोक्सानमा गएपछि एयर इन्डियालाई निजीकरण गरेर टाटा सन्सलाई हस्तान्तरण  गरेको छ । एलआईसी भारतको लगानीमा नेपालमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले जीवन बिमा व्यवसाय गरेको छ । कारोबारका हिसावले एलआइसी नेपाल दोस्रो ठूलो जीवन बिमा कम्पनी हो । यसको चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँ छ । बजारमा सेयर मूल्य २०५० रुपैयाँ छ ।
 

प्रतिक्रिया