नेपाल हाइड्रो डेभलाेपर्सको लाभांश घोषणा

काठमाण्डौ । धेरै जसो कम्पनीहरु धमााधम अघिल्लो आर्थिक बर्षको आम्दानीबाट लाभांश घोषणा गरिरहेका छन । यसैबीच नेपाल हाइड्रो डेभलोपर्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।


कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०।२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।

प्रतिक्रिया