डलरले दोहोरीको कलर बिगारे - कस्तुप पन्त 

काठमाण्डौ । लाइभ दोहोरीको नाममा विकृति आउन थालेपछि कलाकारहरूले त्यसको चर्को आलोचना गर्न थालेका छन । 

भर्खर मात्र सार्वजनिक भएको एउटा दोहोरीलाई लिएर पाका कलाकारहरूले आपत्ति जनाइरहेका छन । यसले संस्कृतिमाथि प्रहार भइरहेको बेला चुप लागेर बस्न नहुने उहाँहरूको भनाइ छ । 

दोहोरी पारिवारीक र समसामयिक विषयमा केन्द्रित हुनु पर्नेमा यसमा चयन हुने शब्द तथा विषय अत्यन्तै आपत्ति जनक रहेको धेरैको गुनासो छ । नेपाली सांगीतिक क्षेत्रमा २ दशक भन्दा लामो यात्रा सफलताका साथ तय गरिसकेका गायक तथा सर्जक कस्तुप पन्तलाई पनि पछिल्लो दोहोरीमा देखिएका विकृति पाच्य लागेको छैन । उहाँले आफ्नो सामाजिक सञ्जालमा यसको विरोध समेत गर्नु भएको छ । उहाँ लेख्नु हुन्छ हामी अग्रजले देखाएको बाटोमा छौं कि अनुजले देखाएको बाटोमा ? डलरले दोहोरीको कलर बिगार्न पाइदैन ।

यस्तै विषयमा यस अघि पनि दोहोरी गायक तथा सर्जक विष्णु खत्रीले आवाज उठाइ सक्नु भएको छ । गीत सङ्गीतमा पैसाको लोभले जे पनि गर्ने प्रवृत्ति बढिरहेको छ । 

हामी अग्रजले देखाएको बाटोमा छौं कि अनुजले देखाएको बाटोमा🤔 डलरले दोहोरीको कलर बिगार्न पाइदैन ऐले नबोले कैले बोल्ने?

Posted by Kastup Panta on Thursday, June 30, 2022

 

प्रतिक्रिया