पेट्रोल र डिजेलको मूल्य बढ्यो


काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने ग्यास बाहेक सबै इन्धनको मूल्य बढाएको छ ।  डिजेल, पेट्रोल र मट्टितेल लिटरमा तीन–तीन रुपैयाँ बढाएको निगमले जनाएको छ । डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २२ रुपैयाँ र पेट्रोलको मूल्य एक सय ३९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । बढेको मूल्य बुधवार राति १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ ।
त्यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ र अन्र्तराष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय डलर वृद्धि भएको छ । हवाई इन्धन आन्तरिकतर्फको मूल्य लिटरको एक सय ६ रुपैयाँ कायम गरिएको छ । मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया