इन्धनको मूल्य बढेकै भोलि पल्ट बढ्यो गाडीको भाडा

काठमाण्डौ । गाडी भाडा फेरी बढेको छ । नेपाल आयल निगमले हिजो इन्धनको मूल्य बढाएपछि यातायात ब्यवसाहिरुले पनि भाडा बढाएका हुन । 

आज यातायाात्र ब्यवस्था विभागले नयाँ गाडी भाडा सार्वजनिक गरेको छ । अबअन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७।७ प्रतिशतसम्म भाडा बढाएको छ ।

यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५।३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६।९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७।७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

प्रतिक्रिया